दार्चुला। दुहुँ गाउँपालिका–१ बास्पालीका एक दम्पती पहिरोमा परेर वेपत्ता भएका छन्। लगातार भइरहेको वर्षाले घर माथि खसेको पहिरोमा परेर बास्पाली (भालुखोला) स्थित बस्दै आएका ६५ वर्षिय नरसिंह महर र उनकी ६० वर्षिया श्रीमती कौशिला महर वेपत्ता भएको स्थानिय राम सिंह महरले जानकारी दिए ।
राती सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले घर सहित उनीहरुलाई पु्रेको र अहिले ति दम्पतीको अवस्था अज्ञात रहेको उनले बताए। घट्ना स्थलमा प्रहरीको टोली पुगेर उद्धार गरिरहेको बताइएको छ । यसैबिच दुहुँकै वडा नम्बर ५ सुत्खोला (दुल्ला)का ५० वर्षिय मनुवा डडालको अवस्था समेत अज्ञात रहेको छ । राती घरमाथि खसेको पहिरोमा परेका डडाल वेपत्ता रहेको बुझिएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।