धनगढी। पत्रकारलाई ज्यान मार्ने धम्कि दिने सिद्धार्थ सामुदायिक बनका अध्यक्ष कृष्ण गिरीले सार्वजनिक रुपमा माफी मागेका छन् ।
नेपाल पत्रकार महासघको पहलमा भएको छलफलमा “फूलवारीमा वन कर्मचारी र पदाधिकारीको मिलेमतोमा काठ तस्करी” बिषयमा लेखिएको समाचारलाइ लिएर धम्क्याएको आरोपआफुले गल्ती गरेको भन्दै अध्यक्ष गिरीले आगामी दिनमा यस्ता खालका गल्ती नदोहोरिने भन्दै सार्वजनिक रुपमा माफी मागेका हुन ।
एक पटक गल्ती भएको हुदा सुधार गर्ने मौका दिन आग्रह गरेका गिरिले आगामि दिनमा समाचारको विषयमा चित्त नवुझे सम्वन्धित निकायमा जाने भन्दै एक पटकलाई माफी दिन आग्रह गरेपछि उनलाई माफ गरिएको पिडित पत्रकारहरु झलक दवाडी र सुदर्शन श्रेष्ठले बताए । पत्रकार दवाडीले गल्ती गर्ने मानिसलाई एक पटक सुध्रन मौका दिनुपर्छ भन्ने मान्यतामा रहेर आफुले माफ गरिदिएको बताए ।अध्यक्ष गिरीले फूलवारी खबर र अर्थसरोकारमा प्रकाशीत “फूलवारीमा वन कर्मचारी र पदाधिकारीको मिलेमतोमा काठ तस्करी” भन्ने समाचारको शिर्षकमा छापिएको समाचारलाई लियर सो समाचार किन मिडियामा हालेको भनि आफ्ना आसेपासे केटाहरुको प्रयोग गरि क्यामरा जफत गर्ने भन्दै ज्यान मार्ने धम्कि दिएका थिए ।
गिरिले बुधबार फोन गरी आफुले जे पनि गर्न सक्ने भन्दै धम्कि दिएपछि पिडित पत्रकार द्वयले पत्रकार महासंघको साथ मागेका थिए । अध्यक्ष गिरीले यसै बिषयमा कुरा गर्दा अरु पत्रकारहरुलाइ समेत अश्लिल शब्द प्रयोग गर्दै उल्टै पिडित पत्रकारलाई सम्झाउनु भनि ठाडो जवाफ दिएका थिए । पत्रकार द्वय र अर्थसरोकारका क्यामेरा पर्सन हरि तिवारीले संयुक्त रुपमा दिएको निवेदन माथि छलफलका लागि आज शुक्रबार प्रहरी कार्यालयमा बोलाइएका अध्यक्ष र पत्रकार विच भएको लामो छलफलमा अध्यक्ष गिरीले उक्त लेखिएको समाचार साचो हो भनि गल्ति स्वीकार गर्दै माफी मागेपछि सहमतिमा पुगी उक्त विवाद टुंगिएको हो ।