धनगढी। कैलालीमा गौरा, तीजलगायतका पर्वमा भिडभाड गर्न नपाइने भएको छ । शनिबार एक सूचना जारी गर्दै प्रशासनले उल्लिखित पर्वहरु परम्परागत तथा सांकेतिक रुपमा मनाउन अनुरोध गरेको हो ।
गौरा, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजलगायतका पर्व भिडभाड नगरी मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले सुचना जारी गर्दैै अनुरोध गरेको छ। हाल कोभिड-१९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले यस अवधिमा पर्न जाने पर्वहरुमा स्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन सूचनामार्फत अनुरोध गरिएको छ। सूचना यस्तो छ हेर्नुहोस 


