दार्चुला। लगातारको वर्षाका कारण पहिरोले महाकाली लोकमार्ग अन्तर्गत दार्चुला-गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । पहिरो जाँदा दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्वानी (दुदुुली गाड)मा शुक्रबार राती सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि पुर्ण रुपमा यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त राजमार्गअवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन्। दार्चुलाबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन्।
सवारी साधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन्।शनिबार विहान पौने ७ बजेतिर खसेको पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर मेसिन प्रयोग गरिएको प्रहरीले जनाएको छ । अहिले डोजर र जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ ।


