धनगढी। धनगढीमा स्यानिटाइजर पिउँदा एक जनाको मृत्यु भएको छ । स्यानिटाइजर पिउँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार ९ गते स्यानिटाइजर पिएर घरमै बसेका उनको शुक्रबार मृत्यु भएको हो । ‘शुक्रबार अचानक टाउको दुखेका बराइलीको उपचारको लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगीएको थियो।
औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएपछि पुनः स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा ल्याइएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

