धनगढी। कैलालीमा छाडा पुशचौपाया सहितको र्याली निकालिएको छ । कैलाली र कञ्चनपुरमा छाडा पुशचौपायाका कारण किसानले लगाएको बालीनाली जोगाउन धौधौ परेको छ भने सडकमै छोडिदिदा दुर्घटनाको जोखीम समेत बढाएको छ । छाडा पशुचौपाया नियन्त्रणका लागि लामो समय देखि स्थानिय सरकारलाई दबाब दिँदै आइएको छ ।
यसै अन्तरगत शुक्रबार फरक खालको स्थानीयहरुले र्याली प्रदर्शन गरेका छन्। कैलालीको अत्तरियामा पशु चौपायासहितको र्याली प्रदर्शन गरीएको हो। प्रदर्शनको अगुवाई सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था थ्रिडिभिएल क्रियशनका अध्यक्ष दिपक ओझाले सांकेतिक आन्दोलनस्वरूप पशु चौपायासहितको प्रदर्शन गरिएको जानकारी दिए । ‘किसानहरुले लगाएको खेतीबाली छाडा चौपायाले नष्ट गरिरहेका छन्’, उनले भने ‘छाडा चौपायाको व्यवस्थापन गर्न नसक्दा खेतीकै भरमा बाँचेका किसानको परिवारले भोकै पेट बस्नुपर्ने अवस्था आउने अवस्था छ, सरोकारवाला निकायको ध्यानकर्षणका लागि नै छाडा चौपायासहितको र्यालीको आयोजना गरेका हौँ, उनले भने ।’
उनले स्थानीय तहहरुले चुनावी नारामा मुख्य प्राथमिकतामा राखेको छाडा पशु चौपाया हटाउने कुरा नारामै सीमित भएको बताए । विभिन्न ठाउँमा गौशाला निर्माण गरिएको भए पनि छाडा पशु चौपाया नियन्त्रण हुन सकेको अवस्था छैन । थ्रिडिभिएल क्रियशनले अत्तरिया पहाड रोड देखी अत्तरिया बजार चोक सम्म छाडा पशु-चैपाय सान्तिपुर्ण सहितको र्याली निकालिएको हो । स्थानीय सरकार पशु चौपायामाथीको राजनितिक द्धन्द बन्द गर, छाडा पशु चौपाया नियन्त्रण गर, राष्ट्रिय जनावर गाईको रक्षा गर, सनातन धर्ममाथीको प्रहार बन्द गर, गौशाला निर्माण गर, सडक दुर्घटना कमी गर लगाएतका सचेतना मुलुक नाराहरु लगाएका थिए ।