धनगढी। पत्रकारलाई धम्कि दिने गिरि प्रहरीमा उजुरीपछि फरार भएका छन् । समाचार लेखेको बिषयलाई लिएर पत्रकारलाई धम्क्याउने कृष्ण गिरि जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई पटक पटक सम्पर्क गर्न खोज्दा घरमा नभएको उनका परिवारले बताइएको छ ।
प्रहरीले सम्पर्क गर्दा तिन दिन देखि घरमा नभएको भन्दै कहिले उनको श्रीमतीले त कहिले छोराले फोन उठाउने गरेको प्रहरीले बताएका छन् । पत्रकार द्वयलाई अपशब्द प्रयोग गरि गालि गरेको भनि प्रहरीमा उजुरी दिएपछि अध्यक्ष गिरि फरार भएका हुन् ।

