धनगढी। कैलाली प्रहरीले धनगढीमा करिब ५ लाख बराबरको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-९ स्थित सडक खण्डमा भारतबाट अबैध रुपमा ल्याईएका ४ लाख ८६ हजार ७ सय मुल्य बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विभिन्न किसिमका सामानहरु बरामद गरी भन्सार ऐन बमोजिम कारवाहीका लागि बिहिबार भन्सार कार्यालय कैलालीलाई बुझाईएको जनाएको छ ।

