धनगढी। कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट खटिइएको टोलीले कैलालीको मोहन्याल गाउँपालिका ६ नारासोती का ५० बर्षिय गंगाराम जैशीलाई भरुवा बन्दुक सहित पक्राउ गरीएको हो।
सोही ठाउँको सेतीखोर गाउँको बिच जंगलमा हिडिरहेको अवस्थामा जैशीलाई भरुवा बन्दुक सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई गएराति साढे नौ बजे सोही ठाउँको सेतीखोर गाउँको बिच जंगलमा हिडिरहेको अवस्थामा फेला पारी तलासी गर्दा एकनाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका उनीविरुद्ध हातहतियार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

