धनगढी। पहिरो जाँदा सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ। भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाँडामा माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।
पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिले डोजर लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको छ। यस्तै गएराति रुख ढलेर पनि राजमार्ग अवरुद्ध बनेको थियो। गोदावरी क्षेत्रमा रुख ढलेर राजमार्ग अवरुद्ध भएकोमा राति नै खुलाइएको प्रहरीले जनाएको छ ।

