धनगढी। पत्रकारलाई ज्यान मार्ने धम्की दिने सिद्धार्थ सामुदायिक बनका अध्यक्ष विरुद्ध प्रहरीमा संयुक्त उजुरी दर्ता गरिएको छ । फूलबारी खबरका सम्वाददाता झलक दवाडी, अर्थसरोकार सरोकार सुदूरपश्चिम ब्युरो सुदर्शन श्रेष्ठ र क्यामेरा पर्सन हरि तिवारीले अध्यक्ष विरुद्ध संयुक्त उजुरी दर्ता गरेका हुन् ।
“फूलबारीमा वन कर्मचारी र पदाधिकारीको मिलेमतोमा काठ तस्करीको आरोप” भन्ने समाचारका विषयमा फोन मार्फत अध्यक्ष गिरीले ज्यानमार्ने धम्की दिएका थिए। धम्की दिने अध्यक्ष गिरीले पत्रकार दवाडीलाई अभद्र गाली गर्दै फूलबारी क्याम्पसमा भएको घटना सम्झाउँदै भुवन रिजालको जस्तै हालत गरिदिने भनी ज्यान मार्ने धम्की दिएका थिए । मोबाइलबाट धम्की दिदैँ गिरीले भुवन रिजालको घटना याद छ त्यस्तै हालत गरिदिने भनेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उजुरी दर्ता गर्दै चाँडै नै पक्राउ गरि कानून बमोजिम कारवाही गर्ने प्रतिबद्धता जनाएको छ । पत्रकारलाई ज्यान मार्ने धम्की दिने बनका अध्यक्षको शैलीको चारैतिर विरोध भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी , नेपाल पत्रकार महासंघ कैलाली , नेपाल फोटो पत्रकार महासंघ कैलाली र प्रेस चौतारी नेपालले विज्ञप्ति मार्फत कानुनी कारवाहीको माग गरेका छन् ।


