कञ्चनपुर। महाकाली नदिमा निर्माणाधिन चारलेनको पक्की पुल जोड्ने ‘भाइरल रोड’ गएका कञ्चनपुरका शिक्षक कृष्णदत्त जोशीको अवस्था अझै अज्ञात छ ।
दोधाराको एक निजी बोडिङ्गमा अध्यापन गराउदै आएका जोशी सोमबार दिउँसो महाकाली नदिमा हाम फाल्दा बगेर बेपत्ता भएका थिए । प्रहरीले शिक्षक जोशीको महाकाली नदिमा २ किलोमिटर आसपास खोजी गरीएको जनाएको छ । सशस्त्र प्रहरीको टोलीले पनी खोजी गरीरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले नदिको आसपास क्षेत्रमा खोजी गरीरहेको जनाए । तर अवस्था अज्ञात रहेको डिएसपी न्यौपानेले जनाएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय जोशी सोमबार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएका प्रहरीले आंकलन गरेको छ । ‘ प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले भने,–खोजिकार्य चलिरहेकोले अहिलेसम्म शव फेला पारेका छैनौ ।’
भाईरल रोड क्षेत्रमै गएका शिक्षकले हाम फालेपछि थप चिन्ताको विषय बनेको छ । पछिल्लो समय महाकाली नदीमा निर्माण भईरहेको चार लेन सडकमा टिकटक, भिडियो र फोटो खिच्न आउनेको भीड लाग्ने गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले आगामी आइतबारदेखि उक्त सडकमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले जानकारी दिएका छन्।