कञ्चनपुर । कञ्चनपुरमा बेवारिसे अवस्थामा रहेको अवैध काठ बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट खल्लाम छेट्टीबाट खटीएको गस्ती टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका ९ खल्ला टुडिखेल ईलाकामा बेवारिसे अवस्थामा काठ बरामद गरेको हो।
अन्दाजी ६८.८६ क्यूफिट सालको गोलिया, सिल्ली र कडी गरी अन्दाजी मूल्य १ लाख ७२ हजार १५० रुयैयाँ बराबरको अबैध काठ बरामद गरेको सशस्त्रले जनाएको छ। बरामद गरिएको काठलाई आवश्यक कानूनी कारवाहीको लागि सव डिभिजन वन कार्यालय ब्रह्मदेवमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।