धनगढी। सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ९३ वर्षीय पुरुषको मंगलबार साढे २ बजे मृत्यु भएको हो ।
कोरोना पोजेटिभ र दम समस्या रहेका उनलाई साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचाररत रहेका थिए । उनको आज मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । प्रादेशिक अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भइरहेको छ ।

