धनगढी। सेती अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण शुन्य रहेको पाइएको छ । आइतबार सेती प्रादेशिक अस्पतालमा कोरोना संकलन र परिक्षण नै नभएपछि कोरोना परिक्षण शुन्य रहेको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार हाल अस्पतालमा १० जना कोरोना संक्रमित बिरामी उपचाररत रहेका छन् । यस्तै २ जना कोारनो संक्रमितलाई अस्पतालको आइसियुमा राखेर उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना भएका छैनन् भने कुनै पनी बिरामी भेन्टिलेटरमा राख्नुपरेको छैन ।

