काठमाडौं। तुइनमार्फत महाकाली नदीमा तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिमबाट नौ हजार ५ सय हस्ताक्षर संकलन गरिएको छ।
डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले जानकारी दिए।
वेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको हो। सङ्कलित हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने जोशीले बताए। प्रहरीले ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने खोजे पनि अझै फेला परेको छैन।