निर्मल रैका, धनगढी। सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले कांग्रेसको वडा स्तर देखि नै असल,सबल र सक्षम नेतृत्व आउनुपर्ने बताएका छन् । आज नेपाली कांग्रेस कैलालीको नेपाल शिक्षक संघ टिकापुर नगरकार्य समितीको आयोजनामा असल नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा जानकारी दिएका हुन् ।
कैलालीको क्षेत्र न १ टिकापुरमा आज आफ्ना कृयाशिल सदस्य माझ कैलाली काँग्रेसको समन्वयमा नेपाल शिक्षक सघ टिकापुर नगरकार्य समितिले अन्तरक्रिया कार्यक्रम गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रममा सुदुर पश्चिम प्रदेश संसदिय दलका नेता डा रण बहादुर रावल प्रमुख आतिथ रहेका थिए। अन्तरक्रिया कार्यक्रममा बोल्दै डा रावलले वडा स्तर देखि नै अशल सबल र सक्षम नेतृत्व आउनु पर्ने कुरामा जोड दिए ।

नेपाली काँग्रेस, जिल्ला कार्य समिति कैलालीको श्रावण २१ गते बसेको बैठकले आसन्न्न १४ औं राष्ट्रिय महाधिवेशनलाइ लक्षित गरि भातृ एबम शुभेच्छुक सस्थाले प्रचारात्मक कार्यक्रम गर्नु पर्ने निर्णय अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको नेपाली काँग्रेस, जिल्ला कार्य समिति सदस्य निर्प सुनारले जानकारी दिए। उक्त निर्देशन बमोजिम नेपाली कांग्रेस कैलालीको नेपाल शिक्षक सघ टिकापुर नगरकार्य समितीले असल नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपाली काँग्रेस कैलालीमा आसन्न्न १४ औं महाधिवेशनलाइ लक्षित गरि नेता तथा कार्यकर्ताले विभिन्न पदमा आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन।



