धनगढी। शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त प्रयोगशालामा ११३ नमूनाको परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै १०१ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा ३ जना अस्पतालबाट डिस्चार्ज भएकोमा थप १ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । यस्तै आइसियुमा २ जना उपचाररत रहेका छन् ।


