दार्चुला। दार्चुलाको बेतमा मिनिट्रक दुर्घटना भएको छ । दार्चुला जिल्लाको महाकाली नगरपालिका (९ बेतमा मिनिट्रक दुर्घटनामा भएको हो। शुक्रबार बेलुका चुच्चैबाट ग्यास सिलेण्डर बोकेर गोकुलेश्वरतर्फ आइरहेको से १ ख १०५६ नम्बरको मिनिट्रक दुर्घटनामा परेको छ ।
राती साढेआठ बजेतिर प्रहरीमा दुर्घटनाको जानकारी आउनासाथ दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक पुस्कर सिह ऐरीले जानकारी दिए । मिनिट्रक सडकबाट २० मिटर तल बेतखोलामा खसेको प्रहरी निरीक्षक ऐरीले बताए । दुर्घटनामा परेको मिनि ट्रकका चालक र सहचालकको अवस्था अज्ञात रहेको छ।
घटनास्थलमा प्रहरी प्रमुखको टोली सहित दत्तु प्रहरी चौकीबाट टोली उद्धारका लागि खटिएको छ। चालक र सहचालकको परिचय खुल्न सकेको छैन । घटनाको विस्तृत वितरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।