धनगढी । युवा नेता तथा नेपाल परिवार दल सुदुरपश्चिम संंयोजक खडक नागरीद्धारा अनाथ बालबालिकालाइ खाद्यान्न बस्तु तथा लुगा सहयोग गरेका छन् ।
कैलालीको अत्तरीया स्थीत गोदावरी ११ ओलानीमा रहेको बागेसाल बेथस्दा बाल गृह नेपालका ५ जना अनाथ बालबालिकाहरुलाइ सहयोग गरेर राहत प्रदान गरेका छन् । उनले बागेसाल बेथस्दा बाल गृह नेपालका ५ जना अनाथ बालबालिकालाइ १ कट्टा चामल, १ कट्टा पिठो, २ लिटर तेल, २ किलो दाल तथा सबैलाइ एक एक जोर लुगा राहत वितरण गरेका छन् ।
सहयोग बितरण गर्दै परिवार दलका सयोजक खडक नागरीले अनाथ बालबालीका र यस्तै बिभिन्न असाहय, अपाङ्गता भएका बालबालीकालाई आफुले सक्दो सहयोग गरिरहेको जानकारी दिए। साथै उनले सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामि दिनमा सहयोग गर्ने प्रतिबद्यता ब्यक्त गरे । बालगृहका संचालक बिर्ख बहादुर सुनारले खाद्यान्न,लुगा सहयोग बुझ्दै नेपाल परिवार दलका युवा नेता परिवार दलका सयोजक खडक नागरीले विगत ७ साल देखि निरन्तर सहयोग गर्दै आएको जानकारी दिदै अहिलेसम्म कुनै सघ सस्था राजनीतिक दलले सहयोग नगरेको बताए।
यस्तै उनले आगामी दिनमा पनी यस्तै साथ सहयोग आशा गर्दै पुनः परिवार दलका सयोजक खडक नागरीलाइ धन्यवाद ब्यक्त गरे । खाद्यान्न,लुगा सहयोग कार्यक्रममा पार्टीका नेता अरुण नागरी, सागर भुमि, निलम जोसी स्थानिय समाज सेवि श्याम नेपालीको पनी सहभागिता रहेको थियो । यस्तै सहयोग पाएपछि अनाथ बालबालीका निकै खुसी भएका थिए ।