धनगढी। कैलालीमा रुख काटिरहेको अवस्थामा काठ सहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कैलालीको लम्कीचुहा नगरपालिका ३ स्थित कैलाशधाम सामुदायिक वनबाट रुख काटिरहेको अवस्थामा काठ सहित सोहि ठाउँका २० बर्षीय सुरज महतोलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले महतोको साथबाट ६ थान (८६.२६ क्युफिट) सालको काठ फलामको हाते आरा २ थान, बन्चरो १ थान, ट्युब ५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरिएको काठ सहित पक्राउ परेका महतोलाई आवश्यक कारबाहीका लागी सव–डिभिजन वन कार्यालय लम्कीमा पठाएको प्रहरी जनाएको छ ।

