धनगढी। धनगढीमा आज बिहानै देखी विद्युत सेवा अवरुद्ध भएको छ । धनगढीको चटकपुर स्थीत डिके आयलनिगम पछाडी ३३ केभी लाइनअन्तर्गतको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण धनगढीले जनाएको छ ।
आज बिहानै देखी धनगढी र आसपासका क्षेत्रमा विद्युत सेवा आपुर्ती बन्द रहेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले बताए। उनले धनगढीको चटकपुरमा ३३ केभी लाइनअन्तर्गतको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको विद्युत सेवा सुचारु हुन एक दुई घण्टा अझै लाग्ने जानकारी दिए । उनले अहिले मर्मतको काम जारी रहेकाले १२ बजेसम्म विद्युत सेवा सुचारु हुन्छ होला,’ उनले भने।