धनगढी। सरकारले ल्याएको दल विभाजनसम्बन्धी विधेयकविरुद्ध कैलालीको अत्तरियामा मसाल जुलुस प्रदर्शन गरिएको छ । गठबन्धन सरकारले नेकपा एमाले फुटाउन अध्यादेश ल्याएको भन्दै कैलालीको अत्तरियामा प्रदर्शन गरिएको जनाइएको छ।
एमाले गोदावरी नगरकमिटीको आयोजनामा कैलालीको अत्तरिया चोकमा मशाल जुलुस निकालिएको हो । मशाल जुलुस सहित प्रदर्शनमा सहभागीहरुले सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन । एमालेको ओली समुहले अध्यादेशको बिरोध गरेको हो ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई पार्टी विभाजन गर्न सहयोग हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

