धनगढी। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन गरिएको छ।
निर्मला पन्तका दोषीलाई सरकारले कुनै चासो नदेखाएको भन्दै महिला अधिकारकर्मी सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन गरेकी हुन्। उनले मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन गर्दै निर्मलाको हत्या भएको बर्षौ पुग्दा पनि सरकार मुख दर्शक बनेर बसेको आरोप लगाईन्।
निर्मला पन्तका हत्यारालाई तत्काल कानुनी कठघरामा ल्याउनुपर्ने माग समेत गरेकी छिन्। उनले निर्मलालाई न्याय दे ,मेरो शरीर मेरो अधिकारुका प्ले कार्ड सहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन प्रर्दशन गरेकी हुन् ।
निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र निर्मला पन्त जस्तै दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू फेरि धनगढी आएको उनले जानकारी दिइन् ।
सरकार अहिले कानमा तेल हालेर बसेको छु उनले भनिन, ुजब सम्म निर्मलाले न्याय पाउदैन तब सम्म हाम्रो आन्दोलन जारी रहने छ निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।