धनगढी। कैलालीमा जारी निषेधाज्ञा फेरि भदौ १० गतेसम्म लम्ब्याइको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ १० गतेसम्मलाई निरन्तरता दिएको हो।
यस अघिको निषेधाज्ञा आज राती १२ बजे सकिदै छ । आज सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौ १० गतेसम्म गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।यस्तो छ सिडीयोको आदेश