निर्मल रैका,धनगढी । दलित महिला अधिकार मंच नेपालको आयोजनामा महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम शुरु भएको छ ।
आज एक कार्यक्रमका बीच २ दिने तालिम कैलालीको गौरीगंगा नगरपालिकाको चौमालामा शुरु भएको हो । डि.सि.ए.को सहयोग तथा दलित महिला अधिकार मंचद्घारा संचालित महिला सशक्तीकरण परियोजना अन्तरगत कैलालीको गौरीगंगा नगरपालिकाको चौमालामा शुरु भएको हो ।
महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम पछाडि पारिएका दलित महिला तथा सिमान्तकृत समुदायका महिलाहरुको नेतृत्व विकास,क्षमता अभिवृद्धि,सशक्तीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको दलित महिला अधिकार मंचकि केन्द्रिय अध्यक्ष सावित्रा घिमिरेले बताए । तालिममा गौरीगंगा नगरपालिकाका १३ महिला समूहका २५ जनाको सहभागीता रहेको छ ।