अस्ट्रेलियामा एनआरएन एसिटिद्धारा कोभिड-१९ अवधिसम्म सामुदायिक साहयता हेल्पलाइन सञ्चालनमा ल्याइएको छ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा करिब एक बर्षको अन्तरालमा देखिएको कोभिड-१९ का बिरामी वृद्धिसङ्गै लकडाउनका कारण नेपाली समुदायमा पर्नसक्ने प्रभाव र असरलाई मध्यनजर गर्दै सामुदायिक साहयता हेल्पलाइन सञ्चालनमा ल्याइएको हो ।
कोभिड बिरामीको सङ्ख्या वृद्धि सङ्गै लकडाउनका कारण नेपाली समुदायमा पर्नसक्ने प्रभाव र असरलाई मध्यनजर गर्दै एनआरएन एसिटिको सयोजकत्वमा विभिन्न सामुदायिक संस्था तथा खेलकुद क्लबहरु मिलेर हेल्पलाइन सुरु गरिएको जनाईएको छ। उक्त हेल्पलाइनमा मार्फत विभिन्न बिषयमा अष्ट्रेलियन सरकारले प्रदान गर्ने आर्थिक सहयोग, भिषा सम्बन्धमा, क्वारिनटिन लगायतका बिषयमा उपयुक्त सेवागृही मार्फत परामर्श तथा जानकारी लिन सकिने छ।
हेल्पलाइनमा बिहान ८ बजे बाट बेलुका ८ बजेसम्म जुनसुकै बेला हेल्पलाइन नम्बर 02-5119-3033 मा सम्पर्क गर्न सकिने जनाइएको छ।
यस क्षेत्रका नेपाली समुदाय तथा नेपाली विद्यार्थीलाई लकडाउन कारणका पर्ने सक्ने विभिन्न समस्याहरुमा सहयोग गर्ने हेतुले उक्त हेल्पलाइन सञ्चालनमा ल्याइएको एनआरएन एससिसि सदस्य बसन्त भट्टले जानकारी दिएका छन् ।

