धनगढी। कैलालीमा शनिवार राती स्कुटर दुर्घटना भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका -६ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र ००१ -००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १० बजे दुर्घटना भएको हो।
दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। भने घटना के कती कारण भएको हो यस बारे थप अनुसन्धान भइरहेको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

