निर्मल रैका धनगढी । लामो समयको रस्साकस्सीका बिच कैलालीको एक बहुमखी क्याम्पसले ब्यवस्थापन समिति पाएको छ । कैलालीको फुलबारीमा रहेको फुलबारी बहुमखी क्याम्पसको ब्यवस्थापन समिति चयन गरिएको हो ।
फुलबारी बहुमखी क्याम्पसको चौथो साधारण सभाबाट सर्बदलिय सहमतिका आधारमा तीन वर्षकालागी क्याम्पस ब्यबस्थापन समिति चयन गरेको जनाइएको छ । क्याम्पसको ब्यवस्थापन समितिको अध्यक्षमा रमेश कुमार बस्नेत, उपाध्यक्षमा लक्ष्मी प्रसाद देवकोटा चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रकाश जोशी,महेश गोले, लक्ष्मण पौडेल,करन खड्का,बिना कुमारी चौधरी, बल बहादुर चौधरी सर्बसम्मत चयन भएका छन् ।
बाँकी पाँच सदस्य साधारण सभाबाट निर्वाचित ब्यबस्थापन समितिले चयन गर्ने क्याम्पस प्रमुख यमबहादुर पौडेलले जानकारी दिए। गत साउन ७ गते उद्घाटन गरिएको साधारण सभापछिका बन्दसत्रले क्याम्पस ब्यबस्थापन समिति चयन गर्न सकेको थिएन् । क्याम्पसले दलियरुपमा सहमतीबाट समिति चयनको प्रयास गरेको थियो । तर दलहरु बिच आ आफुले नेतृत्व पाउनु पर्ने होडबाजी नै चलेको थियो।
सोही अनुसार सहमती ब्यबस्थापन समिति चयन गर्न बसेको साउन १६ गतेकोको बन्दशत्रमा नेकपा एमालेका दुईसमुह बिच बिवादका कारण क्याम्पसमा झडप समेत भएको थियो। क्याम्पसमा भएको सोही दिनको जस्तो झडपको अबस्था सिर्जना नहोस् भनेर आज क्याम्पस प्रशासनले सुरक्षा सतर्कता अपनाएको थियो । आजको बन्दसत्रले समिति चयन गरेको हो ।

