धनगढी। बिहीबार राती देखी परेको बर्षाका कारण धनगढीका अधिकाँस ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ । धनगढीका बिभिन्न स्थानमा रहेका रुखहरु ढलेपछि धनगढीसहित आसपासका क्षेत्रमा आज विहानैदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले जानकारी दिए ।
धनगढी स्थीत ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक र अन्य दुई ठाउँमा पनि रुख ढलेको छ,’चौधरीले भने, मुख्य मन्त्री कार्यालय नजिकै रहेको सडक डिभीजन कार्यालय परिसर र मनेहरा क्षेत्र लगायत अन्य स्थानमा रुख ढलेको जानकारी दिए । मुख्य मन्त्री कार्यालय अगाडी रुख ढलेपछि तारहरु चुँडिएका छन् ।
बिद्युत पोलहरु भाँचिएका छन् भने सडक डिभीजन कार्यालय परिसरको पर्खाल समेत भत्किएको धनगढी वितरण केन्द्र प्रमुख ’चौधरीले जानकारी गराए । ‘वर्षा रोकिएपछि मात्रै काम गर्न पाइने र त्यसपछि मात्रै विद्युत सुचारु हुने जानकारी दिए । उनका अनुसार धनगढीका लगभग सबै फिडरमा अहिले विद्युत सेवा अवरुद्ध गरिएको छ।

