डडेल्धुरा । डडेल्धुरामा एक जना ब्यवसायी माथि चक्कु प्रहार भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवामा होटेल तथा मदिरा पसल सञ्चालक खेमराज अवस्थी माथि चक्कुर प्रहार भएको हो ।
चक्कुर प्रहार हुँदा उनको कान, दायाँ हातको पाखुरामा चोटपटक लागेको छ भने पसलमा समेत तोडफोट भएको छ । बिहीबार साँझ ५ बजे युवाको समुहले रक्सीको महंगो विक्री किन गर्छस भन्दै ४/५ जना युवाको समुहले उनलाई कुटपीट समेत गरेको जनाएको छ ।
नवदुर्गा गाउँपालिका वडा नम्बर २ बस्ने अवस्थी जेके मदिरा पसलमा भएको बेला गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाहरुको समुहले चक्कु प्रहार गरेको पिडीतले जानकारी दिएका छन्। घाईते अवस्थीलाई उपचारका लागी डडेल्धुरा अस्पतालमा भर्ना गरीएको छ ।