धनगढी। धनगढीमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन्। धनगढी उपमहानगरपालिका स्थित बोराडाडीमा २० वर्षीया रुपा शर्मा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार शर्मा आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। शब पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी दिए । मृतक शर्मा सामाजिक कार्यमा सक्रिय थिइन।

