धनगढी। नेपाल प्रेस युनियनकी केन्द्रीय उपाध्यक्ष एवम नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले संंगठन विरुद्ध जाने कसैलाई पनि माफि नहुने बताएकी छन् ।
प्रेस युनियन कैलाली शाखाले शुक्रबार धनगढीमा आयोजना गरेको भेटघाट तथा चियापान कार्यालयममा पत्रकार महासंघको चुनावमा संगठनविरुद्ध जाने कसैलाई पनि माफी नहुने उनले बताइन् । ‘छिटै बैठक बसेर सगठनविरुद्ध जानेहरुलाई के–कस्तो कारवाही गर्नुपर्छ कारवाही गर्न तयार छौ,’ उनले भनिन् ‘कैयौ वर्षपछि पत्रकार महासघमा जिल्लादेखि केन्द्रसम्म युनियन हाबी भएको छ । उनले भनिन, ‘अब युनियन एक भएर अगाडि बढ्न आवश्यक छ ।
पत्रकारहरुको हकहितका लागि आफू कटिबद्ध भएर लाग्ने उनले बताइन् । सगठनलाई जिल्लादेखि केन्द्रसम्म पनि बलियो बनाएर लैजानुपर्ने उनको भनाइ छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले पत्रकारसंग हातेमालो गरेर पत्रकारहरुलाई अझै बलियो बनाउने हिसाबले अगाडि बढ्ने बताए । कार्यक्रममा नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष, पत्रकार महासघका प्रदेश अध्यक्ष, पूर्व केन्द्रिय सदस्यलगायत युनियनसंग आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो

