धनगढी। बुधबार राती देखीको पानीले धनगढीका अधिकांश क्षेत्र जलमग्न भएका छन् । धनगढीका मुख्य सडक सहित जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ भने कतिपय घर तथा पसलमा समेत पानी पसेको छ।
धनगढीको एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी लगायतका क्षेत्र बढी जलमग्न भएका हुन्। यस्तै धनगढी उपमहानगरपालिकाका वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ।


