धनगढी। कैलालीमा सेनाको गाडीले ठक्करबाट घाईते भएकी एक किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका–८ स्याउले बजारमा नेपाली सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको गाडीले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ घाइते भएका थिए ।
घाइते ३ मध्ये एक जना किशोरीको मृत्यु भएको हो। सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलारी गाउँपालिकाकी १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका १७ वर्षीय कृष बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको पनि अवस्था गम्भीर रहेको छ।