धनगढी। धनगढीमा कोरोना भाइरसविरुद्धको खोप (कोभिशिल्ड)को दोस्रो डोज भोली २८ र पर्सि २९ गते लगाइने भएको छ । धनगढी उपमहानगरपालिकाले सूचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ। जस्का लागी उपमहानगरपालिकाले १६ वटा खोप केन्द्रमार्फत कोभिशिल्डको दोस्रो मात्रा लगाइने जनाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का नागरिकलाई साउन २९ गते र अन्य वडाका नागरिकलाई २८ गते खोप लगाइने उपमहानगरपालिकाका अधिकृत नारायण शर्माले जानकारी दिए।
२०७७ फागुन २३ गतेदेखि २८ गतेसम्म र अन्य मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएका सम्पूर्णलाई दोस्रो मात्रा लगाइनेछ,’ शर्माद्वारा जारी सूचनामा उल्लेख छ। बिहान १० बजे देखी ४ बजेसम्म खोप लगाउन सकिने छ । भने खोप लगाउन आउँदा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिक खोप कार्ड र नागरिकता अनिवार्य रुपमा साथमा ल्याएर आउनुपर्ने जानकारी दिएको छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]