धनगढी। कैलालीमा आन्तरिक राजस्व बिभागको स्टिकर सहित ५ जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका ७ स्थित तालबन्द सडकखण्डबाट आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने १९ बर्षिय संजित कुमारले चलाएको को.ना.३२ क ६२८१ नंबरको मोटरसाईकल पछाडी सवार २० वर्षीय रिङ्कु कुमारले ३ वटा कार्टुन बोकि ल्याईरहेको अबस्थामा चेकजाँच गर्दा कार्टुन भित्र आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर ७७ रोल (जम्मा स्टिकर संख्या २८ लाख ८६ हजार ७४० स्टिकर) वरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, रौतहट गरुडा नगरपालीका १ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह, पर्सा विरगंज नगरपालीका १३ घन्टाघरका ५५ वर्षीय विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने वर्ष २२ को सुरेश कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चेकजाँच गर्दा उक्त स्टिकरका रोलहरु मध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नंबर भएका स्टिकर पटक–पटक दोहोरिएको पाईएको छ । उक्त स्टिकर कैलालीको गौरीगंगा नगरपालिका ७ मसुरियामा रहेको वेष्टर्न लिकर्स प्रा.लि बाट ल्याई हरु बस्ने कोठामा छाप लगाउन लिन लागेको भन्ने खुल्न आएकोले उनीहरु बस्ने कोठामा गई खानतलासी गर्दा 70 UP 300 ml लेखिएको छाप ३ थान,स्ट्याम प्याड ३ थान र मसी समेत बरामद गरेको छ ।
थप अनुसन्धान कालागी २५ गते आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसंग समन्वयगरी अधिकृत सहितको संयुक्त प्रहरी टोलीले उक्त वेष्टर्न लिकर्स प्रा.लि मा भण्डारण गरिएको स्टिकर कोठा समेत सिल गरीएको जनाएको छ । साथै निज ५ जना सहित बरामद स्टिकर, 70 UP 300 ml लेखिएको ३ थान छाप, स्ट्याम प्याड ३ थान र मसी समेत आवश्यक कारवाहीको लागि आजै आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

