कञ्चनपुर। कञ्चनपुरमा १ लाख २० हजार मुल्य बराबरको १५ क्विन्टल अवैध चिनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरीयाबाट अबैध चिनि बरामद गरेको हो ।
प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरीया स्थित पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको से १ च २२०० नम्वरको जिप चेकजाँच गर्ने क्रममा सो चिनि बरामद गरेको जनाएको छ । शनिबार एक लाख २० हजार बराबरको ३० कट्टा ९१५ क्विन्टल ० चिनी र चिनी बोक्न प्रयोग गरीएको मुल्य रु ५ लाख० बराबरको जिप सहित आवश्यक कारबाहिका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।