धनगढी। कैलालीको घोडाघोडी तालक्षेत्रमा माछा सर्बेक्षण कार्य सम्पन्न गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका स्थित बिश्व रामसारमा सुचिकृत घोडाघोडी तालक्षेत्रमा माछा सर्बेक्षण कार्य सम्पन्न भएको हो। घोडाघोडी तालक्षेत्रमा संरक्षण र पर्यटनको पूर्वाधार बिकास सम्बन्धी प्रोजेक्ट अन्र्तगत गत बर्ष देखि सुरु गरिएको सर्बेक्षण कार्य सकिएको जनाइएको छ । पर्यटकीय र जैबिक विविधता बोकेको क्षेत्रमा बिगत दुई बर्ष लगाएर माछाको सर्बेक्षण गरिएको छ । तालमा कति प्रजातीको माछा पाईन्छ भन्ने एकिन नभएकोले घोडाघोडी तालमा माछा सर्बेक्षण गरिएको हो ।
प्रायः तालमा कति प्रजातीका माछा पाईन्छ भन्ने प्रश्नमा कसैले २९ कसैले ३० कसैले ३२ आ–आफ्नो सर्बेक्षण अनुसर प्रकाशन गरेका थिए । त्यसकारण घोडाघोडी तालमा वास्तबमा कति प्रजातीका माछा पाईन्छन भनेर दुई बर्ष लगाएर जाडो मौसम, गर्मी मौसम, बर्खे मौसम, गरि सबै मौसममा माछाको सर्बेक्षण गरिएको बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले जानकारी दिए । घोडाघोडी तालक्षेत्रमा अहिले सम्म ३१,३२ प्रजातीका माछा सर्बेक्षण गरिएको छ । अब बिज्ञहरुले प्रमाणित गर्नुभयो भने यसलाई प्रकाशन गरी आधिकारिक मान्यता दिइने छ र घोडघोडी ताल क्षेत्रमा कति प्रजातीका माछा छन र कति माछा स्टक छन भन्ने कुरा जानकारी हुने चौधरीले भनेका छन्।





