धनगढी । धनगढी-गोदावरी साईकल र्याली २०७८ सुरु गरिएको छ। आरडि कालिका सप्लायर्स प्रालि धनगढीको आयोजनामा साईकल र्याली सुरु भएको हो । स्वास्थ्य जीवन वातावरण संरक्षण तथा प्रवद्धृनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साईकल र्यालीको आयोजना गरिएको हो। सो कार्यक्रमलाई प्रित ट्रयाक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको छ भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साईकल र्याली सुरु भएको आयोजकले जनाएको छ। साईकल र्यालीमा ६० जना भन्दा बढीको सहभागीता छ ।
फारवेस्र्टन राईडर्स क्लबका अध्यक्ष भरत शाहका अनुसार शनिबार बिहान साढे ७ बजे धनगढीको चौराहाबाट गोदावरी प्रस्थान भईरहेको जानकारी दिए । त्यहाँ पुगेपछि गोदावरी क्षेत्रको सरसफाई गर्ने कार्यक्रम छ। सो साईकल र्यालीमा विश्व धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, साईकल यात्री पुस्कर शाह,ओलम्पियन दिपक विष्टको समेत सहभागिता रहको छ ।

