धनगढी। धनगढी बसपार्क क्षेत्र तनाब ग्रस्त बनेको छ । भारतको बैंग्लोर गइरहेका आफन्तको हत्या भएको भन्दै धनगढीको बसपार्कमा रहेको ट्राभल्स प्रालिमा ढुङगामुडा प्रहार भएपछि बसपार्क क्षेत्र तनाब ग्रस्त बनेको हो। कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपती आचार्यको बैंग्लोर जाने क्रममा हत्या भएको भन्दै ट्राभल्स प्रालिमा ढुङगामुडा प्रहार गरिएको हो। आचार्यका आफन्तले धनगढी बसपार्कस्थित पशुपती टुर एण्ड ट्राभल्समा ढुङगामुडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
‘गाडीबाट आचार्यले आफैँ हाम फालेको भन्ने खबर आएको छ। विस्तृत बुझ्न बाँकी छ,’ उनले भने । यता पशुपती टुर एण्ड ट्राभल्र्सका सञ्चालक दीपक बिष्टले आचार्यले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र मृत्यु भएको भने। ‘गाडीबाट हाम फालेपछि अस्पताल लगिएको थियो। त्यसपछि मृत्यु भएको हो। मृतकको शव धनगढी ल्याइदैछ,’ उनले भनेका छन्।