दार्चुला। भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घट्नास्थलमा क्यामरा लिन रोक लगाएको छ। सुरुमा घट्नास्थल जानै नदिएको एसएसबीले त्यसपछि नेपाल भारत जोड्ने झुलुङ्गे पूलबाटै पत्रकार क्यामरा लिन नदिएको हो । बिहान ९ बजे नेपालको छानबीन समिति घट्नास्थल गइसकेपछि दार्चुलाबाट मानवअधिकारकर्मी र पत्रकारको टोली छुट्टै गाडी लिएर घट्नास्थलतर्फ जाँदै गरेका थिए । तर भारतीय एसएसबीले धारचुलाबाट ६ किलोमिटर माथि दोबाटबाटै पत्रकार र मानवअधिकारकर्मीलाई घट्नास्थल जान नमिल्ने भन्दै फर्काएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिह धामीले जानकारी दिए।
सुरुमा नेपालकै गृहमन्त्रालय र जिल्ला प्रशासनले पत्रकारलाई भारत नेपाल सम्बन्ध विग्रिने गरी समाचार नलेख्न विज्ञप्ती जारी गर्यो । बिहीबार घट्नास्थलतर्फ गइरहेका पत्रकारलाई फिर्ता पठाइयो, उनले भने । सुरक्षाकर्मीसँगको समन्वयमा दिउँसो घट्स्थालतर्फ गएका पत्रकारको क्यामरा घट्नास्थलमा लिनबाट रोकियो । धारर्चुलाबाट बीना क्यामरा हिँडेका पत्रकारलाई पुन तिगरमा रहेका एसएसबीले केहि समय रोके । पत्रकार र मानवअधिकारकर्मी घट्स्थलसम्म पुग्दा भारतीय खुविया एक जना सादा पोसाकका एसएसबीले रेकी गरेको थियो । हामीहरु घट्नास्थल पुग्दासम्म उसले निगरानी गर्यो । हामी तल फर्किएर गाडीमा चढ्दासम्म पिछा गरेको मानवअधिकारकर्मी नरेन्द्रसिह कार्कीले जानकारी दिए ।
दार्चुला घटनाः पत्रकारलाई घट्नास्थल जानै नदिएको एसएसबीले त्यसपछि क्यामरा लिन दिइएन
दार्चुला घटनाः पत्रकारलाई घट्नास्थल जानै नदिएको एसएसबीले त्यसपछि क्यामरा लिन दिइएन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

