निर्मल रैका,धनगढी । देशकै प्रतिष्ठत लघुबित्त तथा अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले आज लुम्बीनी प्रदेशको बांके जिल्लाको कोहोलपुरमा एक कार्यक्रमका बिच संस्थाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । उक्त वार्षिक प्रगति समिक्षा कार्यक्रमका सभापति युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका कार्यकारी निर्देशक लघुबित्त बिज्ञ तथा सामाजिक अभियन्ता डा.गोपाल दहित रहनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका संचालक समिति सदस्य अधिवक्ता सन्तराम धारकटुवा थारु अतिथीमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.का संचालक समिति सदस्य कन्हैया लाल थारु अतिथीमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका डेपुटी सि ई यो क्रीम लाल थारु ,लघु बित्त सेक्सन बिभाग प्रमुख मान बहादुर चौधरी, अतिथीहरुमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका आइटी बिभाग प्रमुख रमेश चौधरी, स्टोर सेक्सन बिभाग प्रमुख नरेन्द्र थारु त्यसैगरी लेखा अधिकृत ययोध्या प्रसाद चौधरी, आन्तरिक लेखा परिक्षक तथा अधिकृत बिनोद कुवंर लगायतको सहभागिता रहेको थियो ।
उक्त समिक्षा कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको लुम्बीनी प्रदेशमा रहेका जिल्लाहरु बांके, बर्दिया, दाङ कपिलवस्तुका २० वटा शाखाका ७२ जनाले ०७८असार मसान्तसम्मको आ आफनो प्रगती बिवरण प्रस्तुत गरेका थिए । २ दिन सम्म सञ्चालन भएको समिक्षा कार्यक्रममा संस्थालाई अगाडी बढाउन र हालको प्रगतीको अवस्था साथै थप सुझाव दिन कार्यक्रमको आयोजाना गरिएको युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका मानव संसाधन बिभाग प्रमुख मदन चौधरीले बताए । कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका कार्यकारी निर्देशक लघुबित्त बिज्ञ तथा सामाजिक अभियन्ता डा.गोपाल दहितले आ.व २०७८/०७९ को भावी मार्ग चित्र ,निति तथा कार्यक्रमको उदेश्य ,उधसिलता बिकास गर्ने ५ बर्षे आभियान लगायतको बारेमा जानकारी गराय । त्यसैगरी कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका तालिम तथा जनशक्ति बिभाग प्रमुख मदन चौधरीले वार्षिक प्रगती समिक्षा कार्यक्रमको उदेश्य बारे प्रकाश पारे । त्यसैगरि कार्यक्रममा लघुबित्त सेक्सन बिभाग प्रमुख मान बहादुर चौधरीले परिवर्ति निति नियम तथा निर्देशिका बारे जानकारी गराए ।त्यसैगरि आइटी बिभाग प्रमुख रमेश चौधरीले तथ्यांक सहितको प्रस्तुत गरि बित्तीय संस्था को अवस्था तथा बित्तीय अवस्था बारे जानकारी गराए । साथै कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका आन्तरिक लेखा परिक्षक बिनोद कुवरले सुधार गर्नु पर्ने पक्ष लगायत बारे जानकारी गराए। युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबल बनाउदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि।संग करिब ८३ हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ३८ वटा शाखा मार्फत सेवा बिस्तार गदै आएको छ ।
।