धनगढी। कैलालीमा मोटरसाइल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहामा ३ वटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। पुर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीबाट पुर्वतर्फ गइरहेको सु प प ०१००९ प २४५४ र लु ६३ प ५०३२ नम्बरका मोटरसाईकल र बिपरीत दिशाबाट आइरहेको से ५ प ५७३ नम्बरका मोटरसाइकल एक आपसमा ठोकिदाँ ३ जना मोटरसाईकल चालक घाईते भएका हुन ।
घाईते हुनेमा सु प प ०१००९ प २४५४ नम्बर मोटरसाईकलमा सवार सुर्खेतको पञ्चपुरी नगरपालिका- ११ का ३० बर्षिय मिलन भोटे,से ५ प ५७३ नम्बरको मोटरसाईकलमा सवार कैलालीको घोडाघोडी नगरपालिका-४ का २४ बर्षिय दिनेश चौधरी र लु ६३ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार बैतडीको डिलासैनी गाउँपालिका-७ का सुन्दर धामी रहेको जिल्ला ट्राफिक कार्यालय कैलालीले जानकारी दिएको छ ।उनीहरुको हातखुट्टामा चोट लागेको छ । घाइतेको बर्दगोरीया अस्पतालमा उपचार भईरहेको जिल्ला ट्राफिक कार्यालय कैलालीले जानकारी दिएको छ ।

कैलालीको लम्की चुहामा मोटरसाइकल दुर्घटना, ३ जना घाईते
कैलालीको लम्की चुहामा मोटरसाइकल दुर्घटना, ३ जना घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


