हरिष भट्ट,धनगढी । धनगढी उपमहानगरपालीकामा समयमै फोहर नउठ्दा बजार क्षेत्रमा दुर्गन्ध फैलिएको पाइएको छ । धनगढीको मुख्य बजारका सडक होस या भित्री साखा सडक छेउमै फोहोरजन्य बस्तुहरु थुपारिदिदाँ दुर्गन्ध फैलिएको पाइएको हो । उपमहानगरवासीले घर तथा पसलबाट निस्कीएका सडेगलेका तथा काम नलाग्ने फोहोरजन्य बस्तुहरु सिधै सडक छेउमै थुपारिदिने र उपमहानगरपालीकाले समयमै यस्को ब्यवस्थापन नगरीदिदाँ दुर्गन्ध बढेको स्थानिय बताउँछन् । दुर्गन्ध फैलिदा सर्बसाधारण तथा यात्रुहरुलाई आवतजावत गर्न नाक थुनेर हिँड्नुपर्ने समस्या छ । भने बिभिन्न संक्रमण फैलने खतरा बढेको छ । त्यसैमा बर्षातको समयमा पानी जम्मा भई सोही फोहोरजन्य बस्तु सिधै सडकमै आउने गरेको छ । जस्ले गर्दा फोहरमै टेकेर हिड्नुपर्ने पर्दा समस्या भएको यात्रुको भनाई छ ।
यस्तै समस्या छ धनगढी ५ हसनपुर क्याम्पसरोड सडक खण्ड अन्तरगत डिभोटी चोक देखी पुर्व तर्फको सडकमा फोहोर थुपारिएको पाईएको छ । तर फोहरजन्य बस्तु समयमै नउठ्दा बातावरण दुषित तथा दुर्गन्ध फलिएको स्थानियले भनेका छन् । सोही क्षेत्रका स्थानिय बिमल सुनारले सबैभन्दा पहिला समाजमा बस्ने स्वयम ब्यक्ती सचेत बन्नुपर्छ, उनले भने । यस्तै दोस्रोमा यहाँका स्थानिय निकाय,प्रशासनले पनी ध्यान दिनुपर्छ । पहिले फोहर नगरौँ र यदि फोहर गरेमा यस्को ब्यवस्थापन गर्न जरुरी छ उनले थपे,।यस्तै कञ्चनपुरका दोधारा चाँदनी नगरपालीकाका स्थानिय कमलापती भट्ट धनगढी आएका उनी धनगढी उपमहानगरपालीका मुख्य सडक तथा यहाँको वातावरण राम्रो होला भन्ने लागेको थियो उनले भने । तर यहाँ आउँदा सडक साँधुरा हेर्दा र त्यसैमा फोहरमैलाको दुर्गन्धले नरमाईलो लागेको छ, उनले भने । धनगढी उपमहानगरपालीका र यहाँका जनप्रतीनिधीहरुलाई फोहरमैला ब्यवस्थापनमा ध्यान दिनुपर्छ भन्ने सुझाब दिन चाहान्छु उनले भने ।
यता धनगढी उपमहानगरपालीकाले फोहरमैला र सरसफाई ब्यवस्थापनका लागी ४० जना कर्मचारीलाई खटाएको छ । ३ ओटा ट्याक्टर छन् । दैनिक नियमित सरसफाई र फोहर उठाउन तथा ब्यवस्थापनका लागी सुपरभाईनजर, चालक, सरसफाईकर्मी राखिएको उपमहानगरपालीकाका सामाजिक बिकास साखाका प्रमुख टंक बिष्टले जानकारी दिए । उपमहानगरपालीका क्षेत्रमा सरसफाई तथा फोहरमैला ब्यवस्थापन गर्नका लागी ३ ओटा समयमा दैनिक कामकाज हुँदै आएको छ उनले भने । बिहान झाडो लगाएर सडक सरसफाई हुने र नगरटोल बासीले ल्याएर राखेको फोहरको ब्यवस्थापन गरिन्छ । यस्का लागी २ ओटा समयमा बिहान एल एन चोक देखी पुर्बतिर र पश्चिमतिर सरसफाई हुन्छ । अर्को समय बिहान १० बजे देखी सरसफाई र फोहरमैलाको ब्यवस्थापन लागी दैनिक तथा साप्ताहिक रुपमा नियमित समय तालिका अनुसार काम भैरहेको उनले दाबी गरे । यदि कसैले उठाइसकेको फोहरपछि फेरी कसैले फेरी थुपारेको हुनसक्छ । नत्र सरसफाई कर्मचारीले सबै फोहोर उठाएर ब्यवस्थापन गर्दै आएका छन्, उनले भने । फोहर ब्यवस्थापनका लागी स्वयम नगरबासीले पनी फोहरजन्य बस्तुलाई कसरी कम गर्ने भन्ने तर्फ पनी ध्यान दिनुपर्छ सामाजिक बिकास साखाका प्रमुख बिष्टले जानकारी दिए ।