धनगढी। कञ्चनपुरका जिवन सिंह डोटेली भाषाको चलचित्र ‘माउडे’ बजारमा ल्याउने भएका छन् । त्यसैले जीवन सिंहले डोटेली भाषाको चलचित्र ‘माउडे’, निर्माण गरिरहेका छन् । आजभोली ‘माउडे’को क्लाइमेक्स निर्माणमा व्यस्त देखीएका सिंहले निर्माण गरिरहेको चलचित्र ‘मास मसाला’ हो। यसअघि डोटेली भाषामा ४ वटा चलचित्र निर्माण गरिसकेका छन्। भीमदत्त नगरपालिका–८ तिलाचौरका उनले माउडेमा लभ र एक्सन दिन खोजेका छन् चलचित्रमा। उनले भने माउडेको ट्रिजर हेरेर पनि थाहा हुन्छ उक्त चलचित्रमा साउथ इन्डियन चलचित्रको ‘फ्लेवर’ छ भनेर । २६ वर्षीय जीवन सिंहलाई चलचित्र निर्माणको क्रेज पहिलेदेखि नै रहेको थियो। सानैदेखि विभिन्न चलचित्र हेरेर निर्देशन र सम्पादन गर्ने प्रयास गरिरका जीवन सिंह ‘चलचित्र कसरी बनाइन्छ भनेर विभिन्न भिडियोहरु हेरेर त्यहिँबाट सिकेर प्रयास गरिरहेको उनले जानकारी दिए।
कलिवुडमा नेपाली भाषामा नै विभिन्न चलचित्र निर्माण हुने भएकाले सुदूरपश्चिम चिनाउने डोटेली भाषालाई सम्बद्र्धन तथा संरक्षण गर्न डोटेली भाषामा चलचित्र बनाइरहेको उनले भने । भारतमा हिन्दी भाषा बाहेक तेलगु भाषामा बनेका चलचित्र हिट भइरहेका छन्। सोही कारण नेपालमा पनि डोटेली भाषालाई चर्चित बनाउन आफूले प्रयास गरिरहेको जीवनले उनले जानकारी दिए । उनले भने, ‘हाम्रो सुदूरपश्चिममा राम्रा–राम्रा कलाकार छन् तर अवसर नपाएर उनीहरुको कलाकारिता विलिन हुँदैछ। लुकेर बसेका कलाकारलाई सबैसामू चिनाउन मैले डोटेली भाषामा चलचित्र बनाउँदैछु’, उनले भने। अहिले ट्रिजर मात्रै रिलिज भएको माउडेको भदौ २० गते ट्रेलर रिलिज गर्ने निर्माणकर्ताको तयारी छ।
‘ट्रेलर रिलिज भएपश्चात लकडाउन खुलेको पहिलो हप्तामै महेन्द्रनगरको सिनेमाहलमा माउडे रिलिज हुन्छ’ जीवनले भने। जीवन सिंह र सुरज भण्डारी निर्माता रहेको माउडेको राज ए भट्ट र दामोदर साउँद सह–निर्माता रहेका छन्। उक्त चलचित्रको निर्देशन, कथा, सम्पादन, छायांकन, पटकथा र संवाद स्वंय जीवनले हेरिरहेका छन्। यस्तै नरेश सिंह, मनीषा बोहरा, इशा बम, सुरज भण्डारी, लाल थापा, हर्क क्षेत्री, निरज भण्डारी, राम सिंह लगायतको कलाकारिता माउडेमा हेर्न पाइने जनाइएको छ।