धनगढी। कैलालीमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ धर्मापुर कटान बस्ने ४१ वर्षीय धरमविर चौधरी पक्राउ परेका हुन्। प्रहरीका अनुसार चौधरीले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको थिए । बलात्कार घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
कैलालीमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

