धनगढी। धनगढीमा जुवा खेलाउने होटल सञ्चालक पक्राउ परेका छन् । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–३ स्थित एएफसी कटेजमा जुवातास खेलाउने सोही कटेजका सञ्चालक सुरेन्द्र ऐरी पक्राउ परेका हुन्। उक्त होटलमा जुवातास भइरहेको सूचनाका आधारका प्रहरीले त्यहाँ छापा हानेको थियो । तर प्रहरी पुग्नासाथ जुवा खेलिरहेका सबैजना भागेको जिल्ला प्रहरी कार्यालयले जनाउदै आएको छ। केही स्थानीयले भने प्रहरीले रकम असुलेर जुवाडे छाडेको आरोप लगाएका छन् ।
तर प्रहरीले उक्त स्थानबाट ८५ हजार नगद मात्रै बरामद गरेको जनाएको छ। बुधबार होटल सञ्चालक ऐरीलाई पक्राउ गरिएको र बाँकी फरारको पनि खोजी गरेर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । ‘प्रहरी होटल पुग्दाको सीसीटीभी फुटेज ल्याइसकेका छौ, बाँकी फरारलाई पक्राउ गरेर प्रमाण सार्वजनिक गर्नेछौं,’ उनले भने।

