धनगढी। कैलालीमा जुवा खालबाट प्रहरीले ८५ हजार बरामद गरेको छ। सोमबार राति धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित ए।एस।सी। होटलबाट ८५ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। ‘जुवा भइरहेको सूचनाका आधारमा हाम्रो टोली त्यहाँ पुगेको थियो। मान्छे कोही पनि भेटिएनन। ८५ हजार बरामद गरेका छौँ,’ उनले भने। यता प्रहरीले नै जुवाडेलाई भगाएको र रकम असुलेको पनि आरोप लागेको छ। प्रहरी नायब उपरीक्षक बिष्टले भने प्रहरीले जुवाडे भगाएको पुष्टि भए संग्लनमाथि कारबाही हुने बताए।
कैलालीमा जुवा खालबाट ८५ हजार बरामद, जुवाडे सबै भागे
कैलालीमा जुवा खालबाट ८५ हजार बरामद, जुवाडे सबै भागे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

