कञ्चनपुर। कञ्चनपुरमा बिवाह सम्बन्धी कसुर मुद्धाका फरार कसुरदार पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतको मिति २०७७ कार्तिक १८ गतेको फैसलाले १ (एक) वर्ष ३ (तिन) महिना कैद र रु १० हजार रुपैया जरिवाना ठहरी भई फरार रहेका कञ्चनपुर दोधारा चाँदनी १० खरिगैडेका ३७ बर्षिय मान बहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको हो । उनी बिवाह सम्बन्धी कसुर मुद्धामा फरार रहेका थिए । ओलीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज अर्थात मिति २०७८साउन १९ गते निजकै घर ठेगानाबाट पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा सम्मानित अदालतबाट कैदी पुर्जी जारी भई कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ।

